इलाम : इलामको सूर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले ११ लाख अवैध भारतीय नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका १० फिक्कलका ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् ।
आइतबार साँझ प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा भारतीय ११ लाख भारतीय रकम फेला परेको थियो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।
पक्राउ परेका अग्रवाललाई आन्तरिक राजस्व कार्यालय इटहरीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post