विराटनगर : मोरङको विराटनगरस्थित रानी भन्सार नाकाबाट सशस्त्र प्रहरी बलको गस्ति टोलीले ठूलो परिमाणमा मानवकङ्काल बरामद गरेको छ ।
गएराति ८ः०० बजे को २ च ९६४८ नम्बरको भ्यानबाट २८ वटा मानव खप्पर र १० वटा खुट्टाको हड्डी बरामद गरिएको सशस्त्र प्रहरी बल बराह बाहिनी इटहरीले जनाएको छ ।
भेनका चालक विराटनगर महानगरपालिका १७ का विनोद राय र झापाको दमक नगरपालिका ५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीले जानकारी दिए ।
डिभिजन वन कार्यालय तथा चिकित्सकको टोलीले बरामद भएका हड्डी मानवकङ्काल भएको पुष्टि गरेपछि सशस्त्र प्रहरी बलले सबै कङ्काल अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ ।













Discussion about this post