इटहरी : इटहरीका पुराना वामपन्थी नेता ओम कोइराला अभिनन्दित भएका छन् । शनिबार (आज) ओम कोइराला अभिनन्दन आयोजक समितिले आयोजना गरेको कार्यक्रममा पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङले कोइरालालाई अभिनन्दन गरेका हुन् ।
कोइरालालाई अभिनन्दन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिएपनि उनी नआएपछि नेम्वाङले अभिनन्दन गरेका थिए । उनले कार्यक्रममा कोइरालाले लेखेको राजनीतिक जीवन यात्रा र राजनीतिक लेखहरू पुस्तक समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेता नेम्वाङले हाल सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको आरोप लगाए । द्वन्दकामा लुटपाट गरेर राखिएका धनलाई बाहिर ल्याउने प्रशस्त बाटो खाली गरेको उनको आरोप थियो ।














Discussion about this post