इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा १२, मेचीनगरमा ९, शिवसताक्षीमा ४, कनकाईमा ३, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा २–२, गौरादहमा १ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा २१, सुन्दरहरैँचामा ३, बुढीगंगामा २, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरी र स्थानीय तह नखुलेका ५–५, धरानमा ३, भोक्राहानरसिंहमा १, इलामको रोङमा २, इलाम नगरपालिका र माईमा १–१, उदयपुरको कटारी र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा आज ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ ।














Discussion about this post