झापा : झापाको बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय जगदीश ओली रहेका छन् ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post