इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १,०९६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ४ जना निको भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६ हजार ५१७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ भने ७ लाख ८३ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेका छन् ।














Discussion about this post