इटहरी : इटहरीमा १४ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४९, कटहरीमा २, बुढीगंगा र ग्रामथानमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा १४, धरानमा ९, झापाकोे विर्तामोड र मेचीनगरमा २–२, दमकमा १, उदयपुरको बेलका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १०८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post