धरान : सुनसरीको धरान उपमहानगरपालिका १३ सूर्यमार्ग बाट गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाऊपालिका घर भई हाल सोही स्थानमा कोठा भाडामा बस्ने २७ वर्षीय किरण भन्ने हेमन्त राई रहेका छन् ।
हिजो राती अस्थाई प्रहरी पोष्ट अमरहाटबाट गएको प्रहरी टोलीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको हो ।
प्रकाकउ परेका विरुद्ध इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ













Discussion about this post