इटहरी : इटहरीमा १४ जनासहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैँचामा ३–३, उर्लाबारी, कटहरी र लेटाङमा १–१ जना छन् ।
यस्तै, झापाको मेचीनगर, बिर्तामोड र भद्रपुरमा ३–३, गौरादह, अर्जुनधारा र दमकमा २–२, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा १४, धरानमा ३, इनरुवामा २, दुहबीमा १ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।











Discussion about this post