नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन् ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ मा ७१, प्रदेश २ मा १६ तथा बागमती प्रदेशमा २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा ६२, लम्बिनीमा ७२, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।














Discussion about this post