(इटहरी डेक्स ) : ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ११ का २५ वर्षीय सन्तोष राईलाई पक्राउ परेका छन् ।
ज्यान मार्ने उद्योग मुद्धामा सुनसरी जिल्ला अदालतबाट मिति २०७६ फागुन १५ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद भई लगत नं ९४२० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आ आइ टी बाट गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा गत १५ गते पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ परेका राईलाई हिजो नै सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post