सुनसरी : मोरङको विराटनगर महानगरपालिका १५ बाट लागूऔषधसहित सुनसरीको इनरुवा र विराटनरका गरी दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका १ का ३१ वर्षीय तीर्थ राई र मोरङ विराटनगर ११ का २२ वर्षीय पिन्टु कामत रहेका छन् । उनीहरूलाई विराटनगरको १ नम्बर ढाँटबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहहरूको साथबाट एभिल ९ एम्पुल, डाइजेल्याप ९ एम्पुल, फेनारगन ९ एम्पुल, र लुपिजेसिक ९ एम्पुल बरामद गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय रानीमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post