इटहरी : सुनसरीमा १० जनासहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २७, सुन्दरहरैँचामा ४, पथरीशनिश्चरे र रतुवामाईमा २–२, उर्लाबारी, कटहरी र ग्रामथानमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको मेचीनगरमा ५, दमकमा ४, बिर्तामोडमा ३, हल्दिबारी र भद्रपुरमा २–२, अर्जुनधारामा १ जनामा संक्रमण देखिएको हो ।
यता, सुनसरीको इटहरीमा ४, धरानमा ३, दुहवीमा २ र रामधुनीमा १ जनामा संक्रमण देखिएको छ । उता, इलामको चुलाचुली र रोङमा १–१, संखुवासभाको चैनपुर र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश १ मा थप ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ४ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post