इटहरी : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ सहित तीनजना प्रदेश प्रमुख पदमुक्त भएका छन् ।
कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनजना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।
यस्तै, तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै सरकारकै सिफारिसमा नयाँ नियुक्ति पनि गरिएको छ । जसअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त भएका छन् ।
उनीहरूलाई संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।












Discussion about this post