इटहरी : प्रदेश १ मा पछिल्लो थप ६७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १४, सुन्दरहरैचामा ६, उर्लाबारी र रंगेलीमा २–२, बेलबारी, बुढीगंगा र केराबारीमा १–१, सुनसरीको इटहरीमा ८, धरानमा ५, रामधुनीमा २, बर्जु र बराहक्षेत्रमा १–१, झापाको दमक र मेचीनगरमा २–२, कनकाई, भद्रपुर, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १–१, इलामको चुलाचुली र सुर्योदयमा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post