नेपालमा पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ४७४ जना सङ्क्रमणमुक्त भएका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ भने ७ लाख ९६ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेका छन् ।
यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post