इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा ५, अर्जुनधारामा ३, हल्दिबारीमा २, गौरादह, मेचीनगर, विर्तामोड, बुद्धशान्ति र भद्रपुरमा १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ८, इटहरी र इनरुवामा २–२, मोरङको विराटनगरमा ३, उर्लाबारीमा २, सुन्दरहरैँचा, रतुवामाई र लेटाङमा १–१, इलामको इलाम नगरपालिका र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ यही अवधिमा ४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post