इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बुद्धशान्तिमा ४, अर्जुनधारा र हल्दिबारीमा ३–३, दमक, विर्तामोड, भद्रपुर, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४, उर्लाबारीमा २, सुनबर्षी र बेलबारीमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा २, बर्जुमा १ र इलामको चुलाचुलीमा २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post