इटहरी : राप्रपा नेपाल प्रदेश १ अधिवेशनबाट सुनसरीको बराहक्षेत्रका विजय राउत प्रदेश सदस्यमा चयन भएका छन् ।
दमकस्थित कस्मिक पार्टी प्यालेसमा भएको अधिवेशनबाट राम थापा निर्वाचन प्रक्रियाबाट प्रदेश अध्यक्षमा निर्वाचित भएको छन् भने अन्य १४ जिल्लाबाट २८ जना प्रदेश सदस्यहरु सर्वसहमत चयन भएका छन् । प्रदेश सदस्य चयन भएका राउत बिगत २०६५ सालदेखि राप्रपा नेपाल हुँदै हाल प्रदेश सदस्य भएका हुन् ।
०६५ सालमा सुनसरी जिल्ला महेन्द्रनगर गाबिस वडा नम्बर ५ साविक वडा अध्यक्षको पदमा बसेर राप्रपाको राजनीति सुरुवात गरेका राउत त्यसयता इकाई सह–सचिव, क्षेत्रीय सह–सचिव तथा दुई कार्यकाल जिल्ला सदस्यमा रहेर काम गरिसकेका छन् ।
मिडिया नेपालको १ नम्बर प्रदेश अध्यक्ष समेत रहेका राउत, राजनीतिशास्त्र र शिक्षा शास्त्रमा स्नात्तकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।














Discussion about this post