इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २६, सुनबर्षी, बेलबारी, लेटाङ, कटहरी, सुन्दरहरैँचा, बूढीगंगा र कानेपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको भद्रपुरमा ४, बिर्तामोडमा ३, मेचीनगर र अर्जुनधारामा २–२, कनकाई, दमक, शिवसताक्षी, कमल र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ । यस्तै, सुनसरीको धरान, इनरुवा र इटहरीमा २–२, बर्जु र बराहक्षेत्रमा १–१ जना संक्रमित थपिएका छन् ।
उता, उदयपुरको रौतामाईमा २, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post