इटहरी : प्रदेश १ मा थप ४७ जना कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा २०, मोरङमा १५, सुनसरीमा ७, उदयपुर, तेहृथुम र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ६, मेचीनगर र अर्जुनधारामा ३–३, शिवसताक्षी र भद्रपुरमा २–२, हल्दिबारी, गौरादह, दमक र कमल गाउँपालिकामा १–१ जना संक्रमण पुष्टि भएको छ । यस्तै, मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा २, पथरीशनिश्चरे र रंगेलीमा १–१ जना छन् ।
यसैगरि सुनसरीको इटहरीमा ४ र धरानमा ३, उदयपुरको त्रियुगा, तेहृथुमको म्याङलुङ र पाँचथरको हिलिहाङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post