इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ८५३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ भने ७ लाख ९९ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ जना रहेका छन् ।














Discussion about this post