इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा २ जनाको मृत्यु भएको छ भने ३४२ जना निको भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ भने ८ लाख २ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ जना रहेका छन् ।














Discussion about this post