विराटनगर : विराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १५ का २६ वर्षीय मनोज पोखरेल र २८ वर्षीय कपिल गिरी रहेका छन् । जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरूको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post