इटहरी : प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका भोजराज श्रेष्ठले सोमबर सपथ लिएका छन् ।
उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश तीलप्रसाद श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयमा उनलाई सपथ गराएका हुन् ।
श्रेष्ठ नेकपा एकीकृत समाजवादीका बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष समेत हुन् ।
शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कात्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
श्रेष्ठ इटहरीको जनता बहुमुखी क्याम्पसका पूर्व प्रमुख समेत हुन् ।














Discussion about this post