मोरङ : छोरीहरू मात्रै जन्माएर बन्ध्याकरण गर्ने आमाबुवालाई मोरङको कानेपोखरी गाउँपालिकाले सम्मान गर्ने भएको छ ।
छोरी मात्रै जन्मेपछि बन्ध्याकरण गर्ने दम्पतीका लागि गाउँपालिका कार्यालयले नयाँ कार्यक्रम ल्याएको छ । तर, सम्मान पाउन त्यो दम्पतीले विवाह गर्दा दाइजो नलिएको हुनुपर्ने शर्त राखिएको छ ।
छोराछोरी समान हुन् भन्ने सन्देश दिनका लागि कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । सम्मानस्वरूप छोरीहरूको नाममा बाल बचत खाता खोलेर ५ हजार रुपैयाँ खातामा जम्मा गरिदिने बताइएको छ ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रम लागू भएको छ । कार्यक्रमका लागि डेढ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।












Discussion about this post