इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १४, उर्लाबारीमा २, झापाको मेचीनगरमा ७, दमक र शिवसताक्षी १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।














Discussion about this post