इटहरी : प्रदेश १ मा थप ४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १२, उर्लाबारीमा २, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, झापाको मेचीनगरमा ३, भद्रपुर र बिर्तामोडमा २–२, हाल्दिबारी र बाहृदशीमा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा २ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post