Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा आमाको नामबाट नागरिकता पाउनुपर्ने माग

इटहरीमा ५० जनाले नागरिकता नपाएको गुनासो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २०, २०७८
in टाकुरा विशेष, समाचार
0
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्
405
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ‘नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने ब्यवस्था गरेको छ । तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?’

यो प्रश्न हो, इटहरी ४ की रञ्जना राउतको । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको नागरिकता प्राप्तीमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा उनले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष उक्त प्रश्न राखेकी हुन् ।

उनले कक्षा १२ पास गरेको भएपनि नागरिकता नभएका कारण जागिर नपाएकोप्रति गुनासो पोखिन् ।

बुवा बेपत्ता रहेको र आमाले विवाह गर्नुभन्दा अघि बनाएको नागरिकता भएपनि आमाको नामबाट नागरिकता पाउन नसक्दा समस्यामा रहेको उनले सुनाइन् । उनी एक प्रतिनिधि पात्र मात्र हुन् । इटहरीमा मात्रै ५० जनाले आमाको नामबाट नागरिकता नपाएको गुनासो गरेका छन् ।

कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुष गरी ५० जनाले नागरिकता पाउन नसक्दा झेलेको दुःख सुनाए । प्रमुख जिल्ला अधिकारी यादवले गुनासो टिपोट गर्दै नागरिकता प्राप्तीका लागि पु¥याउनुपर्ने प्रक्रिया र कागजातका बारेमा जानकारी गराएका छन् ।

‘संविधानले आमाको नामबाट नागरिकता पाउने ब्यवस्था गरेपनि कानुन नबन्दा आमाबाट नागरिकता दिन सकिएको छैन,’ उनले भने, ‘कानुन बन्ने बित्तिकै नागरिकता दिने तयारीमा छौं ।’

उपप्रमुख लक्ष्मी गौतमका अनुसार कार्यक्रममा विशेष गरी चार किसिमका समस्याले नागरिकता नपाएका गुनासाहरू पेश भएका छन् । धेरैजसोको बुवा वेपत्ता भएका वा नभएका तर आमाका नामबाट नागरिकता पाउन नसकेको समस्या देखिएको छ ।

यस्तै, भारतबाट नेपालमा विवाह गरी आएका, तर उताको कागजपत्र नभएका कारण नागरिकता बन्न नसकेका र विभिन्न ठाउँदेखि बसाँईसराईँ गरी आएका भएपनि बसाईँसराईँ लगायतका कागजपत्र नल्याएका कारण नागरिकता पाउन नसकेको पाइएको उनले बताइन् ।

यस्तै, आफन्तका नाममा कोही पनि नभएका ब्यक्तिहरूले पनि नागरिकता पाउन नसक्दा समस्या भएको उनले बताइन् ।

इटहरी उपमहानगरपालिकाले महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा उक्त कार्यक्रम गरेको हो ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषनागरिकता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    309 shares
    Share 124 Tweet 77
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.