इटहरी : ३३ किलो सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ का लगानीकर्ता ‘कालु’ भनिने कृष्णगोपाल अग्रवाललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको छ ।
सुन तस्करी प्रकरणका अभियुक्तमध्येका एक रहेका अग्रवाललाई मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो ।
अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाका अनुसार थुनछेक बहसपछि दुई लाख धरौटीमा उनलाई छाड्ने आदेश भएको हो ।
तस्करीको सुनको व्यवस्थापन गर्नका लागि गरिने लगानीकर्तामध्येका एक रहेका अग्रवाललाई आइतबार अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठनको सहयोगमा युएईबाट नेपाल डिपोर्ट भएका प्रहरीले पक्राउ गरेको थियो ।
तस्करीको साढे ३३ किलो सुन हराएपछि तस्करी प्रकरणका नाइके गोरेको समूहले यातना दिने क्रममा मोरङका सनम शाक्यको हत्या भएको थियो । हत्या अभियोगमा गोरेसहित आठ जनालाई कैद फैसला भएको छ ।












Discussion about this post