इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार झापाको मेचीनगर र बिर्तामोडमा ३–३, बुद्धशान्ति र बाहृदशीमा १–१ जना छन् भने मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १ जना छन् ।
यस्तै, पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप २१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post