इटहरी : प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
झापाको मेचीनगर र विर्तामोडमा ३–३, बुद्धशान्ति र बाहृदशीमा १–१ जना छन् भने मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १ जना छन् । पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप २१ जना कोरोना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post