नेपालमा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ भने ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ जना रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६ जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post