इटहरी : प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५, मिक्लाजुङमा १, झापाको दमक र भद्रपुरमा २–२ र बिर्तामोडमा १, सुनसरीको इटहरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा हाल सम्म पीसीआर र एन्टिजेन दुवैगरि २ लाख ७३ हजार ४५५ जनामा कोरोनामा कोरोना संक्रमण भएको छ ।
संक्रिय संक्रमितको संख्या ११७ रहेको छ । कोरोना संक्रमण भएर हालसम्म २ हजार १८७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post