इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ११, सुन्दरहरैँचामा ३, धनपालथान, सुनबर्षी र उर्लाबारीमा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ४, धरानमा १, झापाको भद्रपुर र हल्दिबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, तेहृथुमको म्याङ्लुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा यही अवधिमा २४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post