इटहरी (डेक्स) : इटहरी उप–महानगपालिका ९ मा रहेको रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी ४ का ३६ वर्षिय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका ५ का २० वर्षिय मिनराज पराजुली रहेका छन् ।
मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट गएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ ।
बेश्याबृत्ति गर्ने र गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय इटहरी जनाएको छ ।














Discussion about this post