मोरङ : मोरङको बिराटनगर महानगरपालिका–१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर–१२ का २२ वर्षिय गणेश कुमार राम रहेका छन् ।
मंसिर २९ गते राती साढे ७ बजे सृजना पन्तको को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरेर लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरी टोलीले स्कुटर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका रामलाई जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post