इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, केराबारी र रतुवामाईमा १–१ जना छन् भने सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१ जना छन् ।
यस्तै, झापाको दमक, मेचीनगर र विर्तामोडमा १–१, पाँचथरको हिलिहाङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा प्रदेश १ मा थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।














Discussion about this post