इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको भद्रपुरमा २, हल्दिबारी, मेचीनगर र कनकाईमा १–१, मोरङको विराटनगरमा र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा थप १७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको छ ।














Discussion about this post