इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा २२८ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ भने ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ जना रहेका छन् ।














Discussion about this post