इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ४, सुनसरीको दुहवीमा २, झापाको मेचीनगर र दमकमा १–१ र उदयपुरको बेलकामा १ जनामा संक्रमण भएको हो ।
यसैगरी, प्रदेश १ मा थप ६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ११२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post