तरहरा : नेपाल शिक्षक संगठन इटहरी उपमहानगर कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्षमा मेदनकुमार घिमिरे सर्वसम्मत चयन भएका छन् ।
इटहरी २० तरहरा निवासी घिमिरे महेन्द्र मावि इटहरी २ का प्रधानाध्यापक पनि हुन् ।
यसैगरी, कमिटिको उपाध्यक्षमा होमनाथ थपलिया र महिला उपाध्यक्षमा देवकुमारी राई सर्वसम्मत भएका छन् ।
यस्तै, सचिवमा मुकेशकुमार चौधरी, सह–सचिवमा सरिता गड्तौला चयन, कोषाध्यक्षमा देवराज नगरकोटी र सह–कोषाध्यक्षमा चारु पौडेल चयन भएका छन् ।



















Discussion about this post