इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २, झापाको मेचीनगर र सुनसरीको इटहरीमा १–१, प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।
यही अवधिमा प्रदेश १ मा थप ६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या १२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।














Discussion about this post