धरान : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि धरान आउने भएका छन् ।
भोलि (मंगलबार) बिहान १० बजे धरान आइपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवा हेलिकप्टर मार्फत आउने भएका हुन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ ।
त्यसपछि धरान ६ पानवारीमा रहेको फोहर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामाबन्दै गरेको बसपार्कको अवलोकन गर्नेछन् ।
बसपार्क अवलोकन पश्चात प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्रांगनमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मेयर सचिवालयले जनाएको छ ।
यसैगरी धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले भोलि सार्वजनिक विदा दिएको छ ।
गत पुष १४ गते बसेको कार्यपालिका बैठकले पौष २० गते “धरान डे” को अवसरमा धरान क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । धरानमा पौष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ ।














Discussion about this post