Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा प्रधानमन्त्री शेरबहादुर देउवा : चार घण्टा पर्खाएर तीन मिनेट सम्बोधन (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २०, २०७८
in टाकुरा विशेष, समाचार
0
धरानमा प्रधानमन्त्री शेरबहादुर देउवा : चार घण्टा पर्खाएर तीन मिनेट सम्बोधन (भिडियो)

तस्वीर : लक्ष्मण थापा ।

374
SHARES
Share on FacebookShare on Twitter

धरान : मंगलबार धरानमा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयमा यहाँका मानिसहरूको भीड थियो ।

धरान उपमहानगरपालिकाको १२१ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘धरान उत्सव’ कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउने भएपछि ११ बजेदेखि नै आम मानिसहरू पर्खिरहेका थिए ।

तर, देउवा २ बजे मात्रै कार्यक्रम स्थलमा आइपुगे । उद्घाटन समारोहमा आउनुअघि उनले धरानमा रहेका अन्य कार्यक्रमहरूमा पनि सहभागी भए ।

हेलिकोप्टरमार्फत धरान आएका उनले यसअघि बिहान साढे १० बजे धरान २ मा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गरेका थिए ।

तीनवटा कार्यक्रममा सहभागी भएपछि मात्रै धरान उत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले तीन मिनेट मात्रै सम्बोधन गरेका थिए । करीब चार घण्टा पर्खिएका मानिसहरूले देउवाको तीन मिनेट मात्रै सम्बोधन सुन्दा खिन्नता भएको आशय प्रकट गरेका थिए ।

पार्टी भवनको उद्घाटनको क्रममा उनले कांग्रेसको भविष्य बनाउन पार्टीमा एकता जरुरी रहेको टिप्पणी गरे । पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित भएपछि पहिलोपटक जिल्ला भ्रमणमा निस्किएका देउवाले भने, ‘पार्टीमा भविष्य बनाउन एकता जरुरी छ, यसको सुरुआत धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै, देउवाले धरान ६ पानवारीस्थित निर्माण भएको फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरेका छन् । यस्तै, धरान ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कको पनि अवलोकन गरेका थिए ।

तीनवटा कार्यक्रममा सहभागी भएपछि मात्रै धरान उत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले तीन मिनेट मात्रै सम्बोधन गरेका थिए । करीब चार घण्टा पर्खिएका मानिसहरूले देउवाको तीन मिनेट मात्रै सम्बोधन सुन्दा खिन्नता भएको आशय प्रकट गरेका थिए ।

‘पौराणिक मठमन्दिर आफैँमा धार्मिक पर्यटनको सम्भावना बोकेको ठाउँ हो,’ प्रधानमन्त्री देउवाले भने, ‘सरकारले धरान उपमहानगरपालिकासँग समन्वय गरेर विकास निर्माणका काम पनि अगाडि बढाउने नै छ ।’

प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारका निम्ति सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

‘वीपी प्रतिष्ठानको विषयमा सरकारले गम्भीर भएर अध्ययन गरिरहेको छ,’ उनले भने, ‘यहाँ भएको आर्थिक अनियमितताको सुधारका निम्ति कुनै कसर बाँकी राख्दैनौँ ।’ यहाँ भएका समस्या छानबिन गरी निकास ल्याउन सरकार लागि परेको उनको दाबी थियो ।

धरानलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाउनका निम्ति सरकार प्रतिवद्व रहेको उनले बताए ।

यहाँ शिक्षा र स्वास्थ्यको स्तरोन्नतिका निम्ति सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने बताउँदै उनले बसोबासको हिसाबमा पूर्वकै उत्कृष्ट रहेको यस ठाउँमा धार्मिक पर्यटनमा फड्को मार्न सक्ने देउवाले बताए ।

‘पौराणिक मठमन्दिर आफैँमा धार्मिक पर्यटनको सम्भावना बोकेको ठाउँ हो,’ प्रधानमन्त्री देउवाले भने, ‘सरकारले धरान उपमहानगरपालिकासँग समन्वय गरेर विकास निर्माणका काम पनि अगाडि बढाउने नै छ ।’

धरान उपमहानगरले स्थापना दिवसको अवसरमा मंगलबार नगरभरी सार्वजनिक विदा दिएको थियो । धरानले हरेक वर्ष पौष २० गते स्थापना दिवस मनाउने गरेको मेयर तिलक राईले जानकारी दिए । उनका अनुसार यस वर्ष विविध कार्यक्रमसहित पौष २० देखि २३ गतेसम्म तीन दिन धरान उत्सव मनाउनेगरी कार्यक्रम शुभारम्भ भएको छ ।

भिडियो

Tags: #धरान#धरान उपमहानगरपालिकाटाकुरा विशेषशेरबहादुर देउवा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.