इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ८, झापाको दमक र कमल गाउँपालिकामा १–१, सुनसरीको धरान र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण भएको हो ।
प्रदेश १ मा थप १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ७ पुरुष रहेको छन् ।
हाल प्रदेश १ मान सक्रिय संक्रमितको संख्या १३५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post