इटहरी : नेपालमा पछिल्लो केहीदिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस १८ गते २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । पुस १९ मा ३२६, पुस २० मा ३९६ र पुस २१ गते ४३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने एक जनाको मृत्यु भएको छ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ भने ८ लाख १३ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना रहेका छन् । ज














Discussion about this post