इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २०, उर्लाबारीमा २, रंगेली र धनपालथानमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, सुनसरीको धरानमा ५, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, प्रदेश १ मा थप ७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या १९२ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post