इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ३२, उर्लाबारी, सुनबर्षी, सुन्दरहरैँचा, पथरीशनिश्चरे र कानेपोखरीमा १–१ जना संक्रमित देखिएका छन् ।
यस्तै, झापाको बिर्तामोडमा २, दमक, बाहृदशी र कमल गाउँपालिकामा १–१ जना छन् भने सुनसरीको इटहरीमा २, रामधुनी र हनिगरमा १–१ जना छन् । यस्तै, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा यही अवधिमा ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २३० रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post