इटहरी (डेस्क) : कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ।
आज (आइतबार) बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।
प्रवक्ता सुनीता नेपालका अनुसार राजनीतिक भेला लगायतका भीड नगर्न पनि आह्वान गरिएको छ ।
उनले भनिन्, ‘सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा हुने गरी भेला भेला, महोत्सव लगायत आयोजना नगर्न गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई लेखिपठाउन सिफारिस बैठकले गरेको छ ।’
भेला हुनुपरेको अवस्थामा प्रशासनको अनुमति लिएर मात्रै कार्यक्रम गर्न पनि आह्वान गरिएको छ ।














Discussion about this post